हिन्दु नेपालीहरूले बिहीबार (साँझ) धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरेका छन्। महान चाड तिहारको तेस्रो दिन बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिएको छ।
लक्ष्मीपूजाको दिनलाई सुखरात्रिको रुपमा पनि लिइन्छ। आजको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ।
लक्ष्मीपूजाको साँझ कालुपाँडे डाँडाबाट काठमाडौँ उपत्यकाको दृश्य अत्यन्तै लोभलाग्दो देखियो। झिलिमिली बत्तीले देखिएको सौन्दर्यलाई पटका र दीपावलीको धुनले अझै धेरैको मन एकोहोर्याउँछ। घरमात्रै नभएर व्यापारिक मल, पसल, सडकमा लक्ष्मीपूजाको रौनक देखिन्छ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ।
आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ।
तस्बिरहरूः










Shares

प्रतिक्रिया