प्रहरीले तिहारको छेकोमा ध्वनी स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) र ध्वनी प्रदूषण गर्ने ३५ वटा मोटरसाइकल चालकलाई पक्राउ गरी कारबाही गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बुधबार र बिहीबार सहरका विभिन्न क्षेत्रमा गरेको चेकजाँचको क्रममा ती मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी प्रमुख शोभा पाण्डेयले जानकारी दिइन्।
उनले ध्वनी प्रदूषण गराउने कार्य भए तत्काल प्रहरीलाई सूचना दिन पनि आग्रर गरेकी छन्।
ट्राफिक प्रहरीले यसअघि चलाएको विशेष अभियानअन्तर्गत ४ सय ४७ वटा मोडिफाइ गरिएको मोटरसाइकललाई कारबाही गरेको थियो।
अघिल्लो आर्थिक वर्ष ७६ हजार ४ सय ६० सवारी कारबाहीमा पर्दा एक हजार चार सय ८५ मोटरसाइकल मोडिफाइ गरिएको भेटिएको थियो।
39
Shares

प्रतिक्रिया