साफ महिला च्याम्पियनसिपको उपाधि नजिक पुगेर नेपाल उपविजेतामा सिमित हुनुपर्दा खेलाडीले आँसु रोक्न सकेनन्।
बुधबार साँझ फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि दशरथ रंगशालामा खचाखच नेपाली दर्शक स्तब्ध बने।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले दोस्रो पटक उपाधि उचालेको हो।
उच्च मनोबलका साथ मैदानमा उत्रिएका नेपाली खेलाडी र खेलाडीलाई साथ दिन रंगशाला पुगेका दर्शकलाई उपाधि घरभित्रै राख्न नपाउँदा चुकचुकी लागेको छ।
खेल सकिएपछि नेपाली खेलाडीहरूले मैदानमै आँसु झारेको दृश्यले माहोल भावुक बनायो।
खेलको अन्तिम मिनेटसम्म समेत नेपाली खेलाडीको हौसला बढाउँदै हुटिङ गरिरहेका दर्शक स्तब्ध बन्दै मैदान बाहिर निस्किएका देखिन्थे भने मैदान बाहिरैबाट लाइभ हेरिरहेका लाखौं नेपालीको मन कुँडिएको रंगशालाको दृश्यले देखाउँथ्यो।
च्याम्पियनसिपमा तेस्रो पटक फाइनल पुगेको बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो। यता छैटौं पटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सिमित बनेको हो।
१२ औं पटक फाइनल खेलेको नेपाल १२ पटक नै उपविजेता बनेको छ।





















Shares

प्रतिक्रिया