केहीबेरपछि सुरु हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकहरूको भिड लागेको छ। बुधबार बिहानैदेखि लाइन लागेर टिकट लिएकाहरू अहिले रंगशाला प्रवेश गरिरहेका छन्।
आजको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुग्दैछन्। ओलीसमेतको उपस्थिति हुने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
दर्शकहरू उत्साहित हुँदै खेलाडीको मनोबल बढाउन रंगशाला जाने क्रम जारी छ।
यसैबीच, नेपाली टोली पनि मैदान पुगिसकेको छ।
महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ। त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
तस्बिरहरूः











465
Shares

प्रतिक्रिया