फोटोफिचर


चिर प्रतिद्वन्द्वी भारतलाई हराउँदै साफको फाइनलमा पुग्दाको खुसी (तस्बिरहरू)


सरोज नेपाल
कात्तिक ११, २०८१ आइतबार २३:१२, काठमाडौँ

 चिर प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

अब नेपालले साविक उपाधि विजेता बंगलादेशसँग फाइनल खेल्नेछ। निकै प्रतिस्पर्धात्मक र रोचक बन्न पुगेको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेका थिएनन्। यद्यपि खेलको पहिलो हाफमा भारतले नेपाललाई निकै दबाबमा राखेको थियो।

दोस्रो हाफमा नेपाली खेलाडी रेखा पौडेलले दोहोरो पहेँलो कार्डका कारण मैदान छाड्नुपर्‍यो र नेपाली टोली १० खेलाडीमा सीमित भयो।

भारतले एक गोल गरिसक्दा नेपालले गरेको गोलले मान्यता पाउन सकेन। त्यसबीचमा केही तनावको स्थिति पनि बन्यो। बल्लतल्ल तनाव साम्य भएर खेल के सुरु भएको थियो, नेपालका तर्फबाट सावित्रा भण्डारी साम्बाले आफ्नो आक्रामक रुप देखाइन्। उनले प्रहार गरेको गोल सिधै भारतको पोस्टमा पसेपछि खेल बराबरीमा पुग्यो। दोस्रो हाफको समय सकिएर इन्जुरी समयमा समेत थप गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो।

पेनाल्टी सुटआउटमा नेपालले चारवटा प्रहारमा चारै गोल गर्न सक्यो भने भारतले दुई गोलमै चित्त बुझाउनुपर्‍यो। 

योसँगै भारतको यस वर्ष पनि साफ च्याम्पियनसिपको यात्रा टुंगिएको छ। 

दर्शकहरुको भव्य उपस्थितिको साथ पाएको घरेलु टोलीको फाइनल यात्रा तय भएसँगै उत्साहको सीमा नै रहेन। नेपाली टोली र दर्शकमा देखिएको खुसी र उत्साह तस्बिरमा हेर्नुहोस्। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad