संयुक्त राज्य अमेरिकाविरुद्ध डालासमा जारी आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको खेलमा नेपालले २०० रन पूरा गरेको छ।
४० ओभरमा ४ विकेट क्षति व्यहोर्दै नेपालले २०० रन पार गरेको हो।
टस हारेर ब्याटिङ गरिरहेको नेपालले राम्रो सुरुवात गरेको थियो। ओपनरद्वय आसिफ शेख ५२ र अनिल साहले ५६ रनको पारी खेलेपछि रन उकासेको थियो।
कुशल भुर्तेल ११, आरिफ शेख ३७ रनमा आउट भए। क्रिजमा रहेका रोहित पौडेल ३७ रन बनाएर र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर खेलिरहेका छन्।
141
Shares

प्रतिक्रिया