फोटोफिचर


मन्त्रीको गाडी जलाइएपछि बालकुमारी-ग्वार्को तनावग्रस्त (तस्बिरहरू)


सरोज बैजु
पुस १३, २०८० शुक्रबार १३:४७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त भएको छ।

बालकुमारी, ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन गइरहेका ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडी जलाएका हुन्। 

गाडी जलाइएपछि अहिले ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त भएको छ। ग्वार्कोको आकाशे पुल र बालुकमारीको मनोहरा पुलदेखि नै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रहरीले अवस्था नियन्त्रणमा लिए अश्रुग्यास र लाठी प्रयोग गरिरहेको छ। ईपीएस परीक्षामा फेल भएकाहरूले तत्काल परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .