फोटोफिचर


त्रिविको दीक्षान्तले अस्तव्यस्त काठमाडौँको सडक (तस्बिरहरू)


सरोज बैजु
पुस २, २०८० सोमबार १८:६, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरेको ४९औँ दीक्षान्त समाराेहका कारण काठमाडौँका सडक बिहानैदेखि अस्तव्यस्त रहे। यो क्रम साँझसम्म जारी रह्यो।

दशरथ रङ्गशालामा भएको उक्त समारोहका कारण त्यस वरपरका सडक बुलेकैसम्म अस्तव्यस्त देखिए। साढे १२ हजार विद्यार्थी दीक्षित हुँदा उनीहरूका आफन्त र अभिभावकसहित दशरथ रंगशालामा करिब २६ हजार मानिस उपस्थित थिए।

त्रिविको दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहभागिता थियो। भीआईपीहरू पनि एकै ठाउँमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको थियो।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ योग्य विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा भाग लिए। त्यसक्रममा त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, टेकु, सिंहदरबार र रत्नपार्क क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन जटिल बनेको थियो।

तस्बिरमा हेर्नुस् दशरथ र‌ंगशाला वरपरका सडकमा अपरान्ह ४ बजेको दृश्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .