फोटोफिचर


दीक्षित हुनेले भरियो दशरथ रंगशाला (तस्बिरहरू)


सरोज बैजु
पुस २, २०८० सोमबार १३:५२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह अहिले दशरथ रंगशालामा चलिरहेको छ।

दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु भएको हो। ४९औँ दीक्षान्त समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सहभागी छन्। 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका बताए। 

दीक्षान्त हुनेहरूको चापका कारण दशरथ रंगशाला आसपाससहित उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ।

वि.सं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन्। 

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

जसमध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँदैछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .