ad ad

फोटोफिचर


दुई सदनबीचको मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभाले मार्‍यो बाजी (तस्बिर)


सरोज बैजु
मंसिर २६, २०८० मंगलबार १२:१, काठमाडौँ

संघीय संसद् सेवा दिवस २०८० को अवसरमा आज (२६ मंसिर) काठमाडौँमा फुटसल खेलको आयोजना गरिएको छ।

संघीय संसद् अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको मैत्रीपूर्ण फुटसल खेलको नेतृत्व प्रतिनिधि सभाको तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको तर्फबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए।

काठमाडौँको भृकुटीमण्डपस्थित फनकपार्कमा रहेको गोल्ज फुटसल मैदानमा खेल आयोेजना भएको हो।

बिहान साढे १० बजे सुरु भएको खेलमा प्रतिनिधि सभाका सदस्यले ४:० को जित निकालेका छन्।

खेलमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सर्वाधिक २ गोल गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सा‌ंसद विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले १/१ गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .