ad ad

फोटोफिचर


छठ : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)


सरोज बैजु
मंसिर ३, २०८० आइतबार १९:२, काठमाडौँ

देशभर सूर्यको पूजा आराधना गरी आज (आइतबार) छठ पर्व मनाइएको छ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

छठका लागि तराई तथा उपत्यकाका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौंका विभिन्न १३ वटा जलाशयमा सूर्यको अर्घ्य दिइएको हो।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। 

काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ। त्यहाँ छठ मनाउन राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत पुगेका थिए।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .