कला


तेस्रो आईएडब्ल्युआरटी नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल मंसिर ९ देखि

तेस्रो आईएडब्ल्युआरटी नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल मंसिर ९ देखि

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:२८, काठमाडौँ

इन्टरनेसनल एसोसिएसन अफ वुमेन इन रेडियो एन्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिबलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको उपस्थिति रहनेछ।

महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरुको सहभागिता रहनुकासाथै विभिन्न महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा आईएडब्ल्युआरटी नेपाली सर्ट मुभि कम्पिटिसनका विजेताहरुलाई अवार्ड प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .