काठमाडौं उपत्यकामा बागमतीसहितका नदीको बाढीले खतरा तह पार गरेका छन्। काठमाडौंमा मनोहरा खोलामा सबैभन्दा ठूलो बाढी आएको छ।
मनोहराको बाढीले भक्तपुर र काठमाडौंका कयौँ स्थानमा डुबान भएको छ। मनोहराको बाढी ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय र च्यासल फुटबल मैदानमा पसेको छ।
मनोहराको बाढी कोरिडोर सडकसम्म उक्लिँदा एमाले पार्टी कार्यालयमा पनि पसेको छ।
एमाले उपमहासचिव विष्णु रिमालले बाढीका कारण पार्टी कार्यालयमा केही क्षति पुगेको छ।
तर एमाले पार्टी कार्यालय अगाडि रहेको च्यासल फुटबल मैदानमा मनोहराको बाढीको एउटा भुल्को नै ओइरिएको छ।
बाढीको पानी च्यासल मैदानको मूलगेटबाट पस्दा डुबान भएको छ। पुलको पिलरसमेत छोपिने गरी बाढी आएकाले नियन्त्रणमा पनि समस्या भएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे बागमती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको जनाएको थियो।

























Shares

प्रतिक्रिया