ad ad

फोटोफिचर


चक्रपथ विस्तारका लागि यसरी हुँदैछ सर्भिस लेनको काम (फोटोफिचर)


सरोज बैजु
जेठ ७, २०८० आइतबार २०:४३, काठमाडौँ

चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा कलंकी-बालाजु-महाराजगञ्ज चक्रपथको काम धमाधम भइरहेको छ। अहिले सर्भिस लेनको काम जारी छ।

फागुनदेखि साइड क्लियरेन्सको काम सुरु भएकोमा अहिले सर्भिस लेनको काम भइरहेको छ। यो सडक विस्तारको चिनियाँ अनुदानमा बस्ने हो। तर साइड क्लियरेन्स नभएको भन्दै चिनियाँ अधिकारीहरु नेपाल आएका छैनन्। नेपालले आफ्नो जिम्मेवारीको ढल व्यवस्थापन, सर्भिस लेन विस्तारको काम गरिरहेको छ।

चक्रपथको पहिलो खण्डअन्तर्गत कोटेश्वदेखि कलंकीसम्मको विस्तार वि.सं.२०७१ देखि चीन सरकारले काम थालीन गरेको थियो। २०७५ मा १० किलोमिटर कोटेश्वर-कलंकी खण्ड सरकारलाई हस्तान्तरण गरिएको थियो।

पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार भएपछि दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको ८.५ किलोमिटर भाग पनि सोही अनुसार विस्तार थालिएको हो।

विस्तारका क्रममा यस खण्डमा अन्डरपास र ओभरपास पनि बनाउने तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .