काठमाडौं सहर भन्नेबित्तिकै धेरैको दिमागमा सबैभन्दा पहिले आउने चित्र हो धूलोधूँवा, भीडभाड, उकुसमुकुस र कोलाहल। खुला र शान्त ठाउँ कहाँ होला? काठमाडौं डुल्दा धेरैको मनमा प्रश्न उठ्छ।
तर थोरै भए पनि काठमाडौंमा यस्ता सुन्दर र शान्त ठाउँ पनि छन्, जहाँ मान्छेहरू निष्फिक्र प्रकृतिसँग सम्मोहित हुनसक्छन्।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ। सरकारी र निजी संस्था खुला ठाउँ संरक्षण गर्न लागिरहेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ। भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर पार्कमा घुम्न निस्किने बढेका छन्।
तर अधिकांश पार्कहरूको नियमित रूपमा मर्मत तथा व्यवस्थापन हुन सकेको छैन। आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरूले कैद गरेका काठमाडौं उपत्यकाका संरक्षण पर्खिबसेका पार्कहरू।












Shares

प्रतिक्रिया