नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यसहित सातौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ।
दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा पुनस्थापित गर्न माग गर्दै बिहीबार काठमाडौामा सद्भाव र्याली निकालिएको छ। काठमाडौँको माइतीघरबाट सुरु भएको सो र्याली बबरमहल बुद्धनगर हुँदै पुनः माइतीघरमै फर्किएर कोणसभामा परिणत भएको थियो।
सो अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायतका संघ संस्थाले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिन माग गरेका हुन् ।
‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान; भन्ने नाराका साथ सातौँ पोशाक दिवस मनाइएको हो। हरेक देशको आफ्नो राष्ट्रिय पोशाक हुनुपर्ने भन्दै सहभागीले राष्ट्रिय पहिचानलाई बलियो बनाउने पोशाक छनौट गर्नुपर्ने उनीहरुको माग थियो।
प्रतिक्रिया