ad ad

राजनीति


सञ्चारमन्त्री भन्छन् : पत्रकारले कलम र तरबार दुबै चलाए

सञ्चारमन्त्री भन्छन् : पत्रकारले कलम र तरबार दुबै चलाए

नेपालखबर
पुस १७, २०७६ बिहिबार ६:५९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित नगरेको प्रस्ट पारेका छन्।

 नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता कुण्ठित भयो भन्ने सरकारले प्रेसलाई नियनित्रत नभइ व्यवस्थित बनाउन लागेको प्रस्ट पारे।

उनले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु भएको भन्दै उनले आत्मनिर्भर प्रेस नै व्यवस्थित र मर्यादित हुने बताए।

मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध हुन समेत सुझाब दिए। पत्रकार व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए मात्रै प्रेस स्वतन्त्र हुने उनको भनाइ थियो। ‘‘भन्यो भने बढ्ता हुन्छ। कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ’, उनले भने, ‘तरबारभन्दा शक्तिशाली त कलम नै छ। उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ।’

उनले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न प्रेस स्वतन्त्रता भएको बताउँदै सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेतयुक्त प्रेसको विकासमा लागिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .