चिनियाँ संसदका सभामुख ली चाङ्सु नेपाल आएसँगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
करिब सयजनाको टोलीसहित आएका उनको टोलीको सबै सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ।
सेनाले कर्णेलको नेतृत्वमा टोली तैनाथ गरिसकेको छ। ली तीन दिने नेपाल बसाइका क्रममा होटल सोल्टीमा रहनेछन्।
उनले सबै भेटघाट संसद भवन नयाँ बानेश्वरमा गर्ने छन्। उनी नेपाल आउनुअघि र अवतरणपछि उपत्यकाका मुख्य सडकमा सुरक्षा कडा बनाइएको छ।
उनको सवारी चल्ने काठमाडौंको सडकका रुटका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको छ।
भदौ २७, २०७९, साेमबार
246
Shares
प्रतिक्रिया