सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।
चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्।
१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्।
पेलोसीले बुधबार ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ।
चीनको अवरोध छिचोल्दै कसरी ताइवान अर्लिइन अमेरिकी सभामुख न्यान्सी पेलोसी? हेर्नुहोस् विभिन्न एजेन्सीबाट लिइएका तस्बिर :
साउन १७, २०७९, मंगलबार
प्रतिक्रिया