नेपालमा पहिलो पटक हुन लागेको महिलाको फ्रेन्चाइज क्रिकेट प्रतियाेगिता वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) बुधबारबाट सुरु हुँदैछ।
आयोजक क्विन्स म्यानेजमेन्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राईनाेजबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले ७ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया