बलिउड अभिनेत्री सनी लियोनी यतिबेला काठमाडौँमा छिन्।
उनी बिहीबार दिउँसो मुम्बईबाट काठमाडौँ आएकी हुन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ।
सनी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पास वर्ड’ आज शुक्रबारबाट मुलुकका ६ दर्जन सिनेमा हलमा रिलिज हुँदै छ।
चलचित्र पासवर्डको बिहीबार बेलुका काठमाडौँको कमलपोखरीस्थित क्युएफएक्स कुमारी हलमा प्रिमियर सो राखिएको थियो।
६ः३० मा राखिएको प्रिमियर सोमा अभिनेत्री सनी लियोनी ८ः३० मा आइन्। त्यसपछि सो सुरु भयो।
अहिलेसम्मकै सबैभन्दा महँगो साँढे ४ करोड लागतमा बनेको भनिएको यो चलचित्रमा सनी लियोनीलाई राख्नुको कारणबारे नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउनु रहेको यसका निर्माता विक्रम जोशीले बताएका छन्।
सनीलाई २ करोडभन्दा बढी पारिश्रमिक दिएर यो चलचित्रको एउटा गीत र केही दृष्यमा अभिनय गराइएको निर्माण पक्षको भनाई छ। लियोनी शुक्रबारे मुम्बई फर्कंदै छिन्।
Shares

प्रतिक्रिया