ad ad

छापा खबर


पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैटौँ स्थानमा राख्दै मर्यादाक्रम हेरफेरको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैटौँ स्थानमा राख्दै मर्यादाक्रम हेरफेरको तयारी

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०७९ बिहिबार ६:२०, काठमाडौँ

सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।  

हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । 

मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

यसैगरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ। 

पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन्। मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .