सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्न लागेको छ।
ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषदले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन। यो खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
मन्त्रिपरिषदको बिहीबार सार्वजनिक निर्णयमा ८ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ।

प्रतिक्रिया