छापा खबर


आर्यन सिग्देलको ओरालो यात्रा

आर्यन सिग्देलको ओरालो यात्रा

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १:२६,

अभिनेता आर्यन सिग्देलले आफ्नो अभिनय करियरमा दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन्।

रोमान्टिक छवि भएका आर्यनले कतिपय चलचित्रमा नौलो प्रयोगसमेत गर्दै आएका छन्।

गोपिकृष्ण मुभिजको एउटा चलचित्रमा आर्यनले हजुरबुवाको भूमिका निर्वाह गरेका गरेर दर्शकलाई नै अचम्ममा पारेका थिए। यद्यपी उक्त चलचित्र व्यवसायिक रुपमा सफल भएन।

अहिले आएर आर्यनले चलचित्र ‘हजार जुनी सम्म’ मा पनि दाह्री तथा केश पुरै फूलेको बृद्ध पुरुषको भूमिका निर्वाह गरे।

विकास आचार्यको निर्देशनमा बनेको उक्त चलचित्रमा आर्यनलाई जवानदेखि वृद्धसम्मकै गेटअपमा प्रस्तुत गरिएको छ।

चलचित्रको केन्द्रीय भूमिकामा रहेका आर्यनले यो चलचित्रबाट निकै ठूलो आश गरेका थिए। तर, यो चलचित्रले पनि उनको सोचभन्दा ठिक विपरित नतिजा दिएको छ।

चलचित्रलाई दर्शकले खासै रुचाएनन्। यो खबर आजको साप्ताहिकले छापेको छ।

व्यवसायिक रुपमा चलचित्रको परिणाम देखेर निर्माण पक्षको तनाव त बढेकै छ, अभिनेत सिग्देलाई समेत नराम्रो झट्का लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad