सन् २०३० लाई भ्रमण वर्ष मनाउने तयारी भइरहँदा हिमाली पर्यटकीय बस्तीका बासिन्दा भने महँगीको चपेटामा छन्।
विदेशी पर्यटक पुग्ने हिमाली बस्तीमा एक बोरा चामलको मूल्य ७ हजार रुपैयाँसम्म पर्ने गरेको छ। यो खबर ताप्लेजुङको हो।
यो ३० किलोको एक पोका जुनेली चामलको मूल्य हो। स्थानीय व्यापारीले नाफा राखेर बिक्री गर्दा अ झ धेरै हुन्छ।
त्यसका लागि व्यवासयी सामान व्यवस्थापनमा लागेका छन्। तर कच्ची मोटरबाटो बर्खामा बिग्रिएकाले यातायतका साधन चलेका छैनन्। यो खबर आजको कान्तिपुरमा आनन्द गौतमले लेखेका छन्।
कञ्जनजंघा वाइट हाउस घुन्साका प्रबन्धक नुपु शेर्पाका अनुसार सदरमुकाम फुङलिङबाट घुन्सासम्म सामान पु¥याउँदा मजदुरले प्रतिकिलो १ सय ५० रुपैयाँ ढुवानी भाडा लिन्छन्। ३० किलो चामलको भाडा मात्रै ४ हजार ५ सय रुपैयाँ पर्छ।
जुनेली चामल सदरमुकाममा ३० कलिोको बोरालाई १७ सय ५० रुपैयाँ पर्छ।
३२ सय मिटर उचायइको घुन्सामा पुग्दा ६ हजार २ सय ५० रुपैयाँ पर्ने घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाचक्र गुरुङ बताउँछन्।

प्रतिक्रिया