पतिसहित परिवारका सदस्यले खान लाउन नदिएर घरमा बन्धक बनाएर राखेको अबस्थमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ पोखरियाबाट एक महिलाको उद्धार गरिएको छ।
परिवारका सदस्यले यातना दिँदै घरको कोठामा बन्धक बनाएर राखेको अबस्थामा २२ वर्षीया नुरजहाँ खातुनलाई मानव अधिकारकर्मीको टोलीले उद्धार गरेको हो।
परिवारका सदस्यले खातुनलाई ११ दिनदेखि खान नदिएर कोठामा थुनेको पीडित महिलाको भनाई छ।
श्रीमान रिजवान अन्सारीको कुटाइबाट पीडित खातुन बेलाबेलामा बेहोस हुने गरेको स्थानीयले बताएका छन्।
खातुनसँग तीन वर्षअघि रिजवानले परंपरागत विवाह गरेका थिए। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।
बिहे अघि रिजवानको अर्कै केटीसँग प्रेम सम्बन्ध रहेको खातुनको भनाई छ।
‘मलाई कोठामा थुनेर खान नदिएको आज ११ दिन भयो। मेरा माइतीले थाहा पाउँछन् भनेर मसँग भएको एउटा मोबाइलसमेत श्रीमानले खोस्नुभयो, दिनरात श्रीमान र सासुससुराको कुटाइ खाएर कति दिन बस्नु, काखमा डेढ वर्षको नानी छ, तर दूध खुवाउन खोज्दा आउँदैन।’
प्रतिक्रिया