ad ad

समाज


न्यून चापीय रेखा दक्षिण सर्‍याे, अब केही दिन वर्षा कम हुने

न्यून चापीय रेखा दक्षिण सर्‍याे, अब केही दिन वर्षा कम हुने

नेपालखबर
भदौ ९, २०७६ सोमबार २:२५,

मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने मौसमी प्रणाली) औसत स्थानबाट केही दक्षिण सरेकाले आजबाट पार्ने क्रम केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले गोरखादेखि पश्चिम मात्र मौसम बदली छ भने त्यसयता पूर्व मौसम सामान्यतया सफा छ।

आज राति पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा दिउँसो मेघगर्जन/चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको उनले बताए।

‘न्यून चापीय रेखा अहिले औसत स्थानबाट पनि दक्षिण सरेको छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘पानी नै नपर्ने त होइन, तर अब वर्षा हुने क्रम केही कम हुन्छ।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि बिहानैदेखि घाम लागेको छ। ‘उपत्यकाको आकाशमा थोरै मात्र बादल छ,’ उनले भने, ‘दिउँसोतिर क्षणिक वर्षा होला।’

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
भदौ ९ गते सोमबार
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहमा मेघ गर्जन र चट्यांङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। देशको पश्चिमी भू भागका एक दुईस्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भदौ १० गते मंगलबार
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ। पश्चिमी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यमवर्षा हुनेछ।

भदौ ११ गते बुधबार
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .