छापा खबर


भवन उद्घाटन गर्न पुगेका मन्त्रीले मञ्चमा उभिएर भने- ‘कोरोनाको त्रास छ, यो कार्यक्रम यहीँ स्थगित हुन्छ’

भवन उद्घाटन गर्न पुगेका मन्त्रीले मञ्चमा उभिएर भने- ‘कोरोनाको त्रास छ, यो कार्यक्रम यहीँ स्थगित हुन्छ’

नेपालखबर
चैत २, २०७६ आइतबार १:१८,

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको या.ल.ना. विद्यापीठ मटिहानी महोत्तरीमा नवनिर्मित शिक्षण भवनको उद्घाटन स्थगित गरेका छन्।

शनिबार मञ्चमा उभिएर उनले भवनको उद्घाटन स्थगित गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कोरोना भाइरसले नेपालसमेत उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन तत्काल कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।

उनले कोरोनालाई त्रासका रुपमा नलिई सावधान र सुरक्षित रहन आग्रह गरे।

मञ्चमा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, उपकुलपति प्रा.रमेशप्रसाद ढकाल लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad