छापा खबर


आजदेखि नेपाल आउने सबै विदेशीले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

आजदेखि नेपाल आउने सबै विदेशीले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

नेपालखबर
चैत २, २०७६ आइतबार १:२,

सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ।

उनीहरुलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा पठाइने महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

अनअराइभल भिसा दिन नै बन्द गरिएकाले अब विदेशीहरु आउने संख्या नै न्युन हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यस्तै विदेशबाट आउने नेपालीलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ।

नेपाली पनि अत्यावश्यक काम र स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारेखि नै सबै उडान प्रभावित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad