छापा खबर


यस्तो छ घरेलु मदिराले मृत्यु हुनाको कारण

यस्तो छ घरेलु मदिराले मृत्यु हुनाको कारण

नेपालखबर
चैत २, २०७६ आइतबार १:२५,

नेपालमा रङ घोल्न प्रयोग गरिने स्प्रिट खुला सिमानाका कारण सजिलै भित्रिन्छ।

कसले कुन प्रयोजनमा यस्ता केमिकल प्रयोग गर्छ भन्ने कुनै मापदण्ड छैन। अवैध रूपमा मदिरा बनाउनेहरूले यही केमिकल प्रयोग गर्छन्, जुन विष हो।

रङ घोल्न प्रयोग हुने यो केमिकल खाँदा कलेजो, मुटु र फोक्सोमा गम्भीर असर गर्छ। पेट पोल्न थाल्छ। आँखाको ज्योति बन्द हुन्छ। जसका कारण सेवनकर्ताको मृत्यु हुन पुग्छ।

आजको नयाँ पत्रिकामा मदिरा उद्योग संघका अध्यक्ष रवि केसी जानकारी दिँदै अगाडि भन्छन्, ‘मदिराका लागि प्रयोग हुने अर्को केमिकल हो युरिया मल। यसले पनि कडा नशा दिन्छ। जसका कारण कलेजो, मुटु र फोक्सोमा गम्भीर असर गर्छ र सेवनकर्ताको मृत्यु हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad