ad ad

छापा खबर


काठमाडौँको एक सहकारीका अध्यक्षले भिडियो बनाएर पटकपटक आफ्नै महिला कर्मचारीलाई बलात्कार गरेको खुलासा

काठमाडौँको एक सहकारीका अध्यक्षले भिडियो बनाएर पटकपटक आफ्नै महिला कर्मचारीलाई बलात्कार गरेको खुलासा

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १:१५,

बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् ।

डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ गरेको हो।

आजको नयाँ पत्रिकाका अनुसार युवती सोही सहकारीमा कार्यरत कर्मचारी हुन् । युवतीले विभिन्न प्रलोभन दिएर अधिकारीले पटक–पटक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्न परिसरले कालिमाटीस्थित महिला सेललाई निर्देशन दिएको थियो।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बलात्कार अभियोगमा अधिकारी पक्राउ परेको जानकारी दिए ।

 पीडित युवती सहकारीमा केही वर्षदेखि कार्यरत थिइन् । यस क्रममा अधिकारीले युवतीलाई पदीय प्रभावमा पारी विविध प्रलोभन दिने गरेका थिए।।

अधिकारीले युवतीलाई शारीरिक सम्बन्ध राखेको भिडियो आफूले खिचेकाले सार्वजनिक गरिदिने धम्की दिने गरेको प्रहरीको भनाइ छ । सोही आडमा अधिकारीले युवतीमाथि पटक–पटक यौन शोषण गर्दै आएका थिए ।

जागिर पनि छाड्न नदिने र पटक–पटक यौन शोषण पनि गर्दै आएपछि युवतीले बाध्य भएर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।

‘अधिकारीले युवतीलाई प्रलोभन दिने गरेको पाइयो । सोही आडमा पटक–पटक बलात्कार गर्दै आएका रहेछन् । जति गर्दा पनि अधिकारीको चंगुलबाट फुत्किन नसक्ने भएपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता डिएसपी बोगटीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .