ad ad

छापा खबर


पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन गर्न माग

पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन गर्न माग

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १:२४,

नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ।

जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो।

समितिको सुनुवाई कार्यदलले भनेको छ, ‘के कस्ता अनियमितता भएको हो, छानबिन गरी कानुन अनुसार कारवाही गरी समितिमा जानकारी गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्छ।’

राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो। कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो, आकाश क्षेत्रीले आजको अन्नपूर्ण पोस्टमा खबर लेखेका छन्।

सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनको २५ नम्बर बुँदामा मुख्यालयमा निर्माणका क्रममा भएको अनियमितालाई संक्षित उल्लेख गरिएको छ। उजुरी २०७६ जेठ ९ मा समितिमा परेको थियो।

सैनिक अधिकृतको उजुरीमा भनिएको छ, ‘सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको छ। यसको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन टोली गठन गरी छिटोभन्दा छिटो दोषीलाई कारवाही गरी हिनामिना गरेको रकम असुल गरी भूकम्पपीडितलाई सहयोग गर्न जोडदार माग गर्दछु।’

क्षेत्रीको सम्पत्ति छानबिन गर्न माग
कार्यदल प्रतिवेदनले पूर्वप्रधान सेनापति राजेन्द्र क्षत्रीमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको लागि पत्र पठाउन समितिलाई सुझाव दिएको छ।

पूर्वप्रधानसेनापति क्षत्रीविरुद्ध २०७६ भदौ १२ गते समितिमा उजुरी परेको थियो। कार्यदलले प्रतिवेदन समितिमा बुझाएपछि सांसदहरूले सेनाभित्र भइरहेको भ्रष्टाचारले नेपालको लोकतन्त्र खतरामा परेको बताए।

सेनाको व्यापार मोहले मुलुकलाई नै खतरामा पारिरहेको भनाइ कांग्रेस सांसद अमरेशकुमार सिंहको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .