ad ad

छापा खबर


नेपालमा अहिलेसम्म कति जनाको कोरोना परीक्षण गरियो, रिपाेर्ट कस्तो आयो?

नेपालमा अहिलेसम्म कति जनाको कोरोना परीक्षण गरियो, रिपाेर्ट कस्तो आयो?

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १:९,

चीनबाट आएका नेपाली र चिनियाँमध्ये शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

तीमध्ये २३ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। एकजना नेपालीमा पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पोजेटिभ देखिएका व्यक्ति चीनबाट फर्केका हुन्। उनको अवस्था सामान्य छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ।

श्रेष्ठले भने, ‘हवाई मार्गबाट आउने व्यक्तिको विमानस्थलमा रहेको हेल्थ डेस्कमा परीक्षण हुन्छ। कुनै लक्षण देखिएमा वा शंकास्पद पाइएमा अस्पताल लगेर स्वास्थ्य जाँच गराइन्छ। डराइहाल्नुपर्ने अवस्था छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .