छापा खबर


ती महिला प्रहरी जसले पुर्‍याइन् राजेश हमाललाई प्रहरी परिसर हनुमानढोका

ती महिला प्रहरी जसले पुर्‍याइन् राजेश हमाललाई प्रहरी परिसर हनुमानढोका

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ३:५०,

आस्था राउतभन्दा फरक घटनाका कारण केही सेलिब्रेटी प्रहरीको फन्दामा परेर छुटिसकेका छन्।

चलचित्र अभिनय करियरमा विवादरहित अभिनेताका रूपमा परिचित राजेश हमाललाई २०६८ सालमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हवल्दार बालकुमारी अधिकारीले आफू हमालकी श्रीमती र तीन सन्तानकी आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिएपछि हमाल हनुमानढोका नै पुग्नुपर्‍याे। 

२०५२ वैशाख २ गते राजेश हमालले आफूसँग प्रेमविवाह गरेको भन्दै ती महिला प्रहरीले अंशसहित श्रीमान् पाऊँ भनी हनुमानढोकामा उजुरी दिने प्रयास गरे पनि प्रहरीले हनुमानढोकामा अंशसहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं रिफर गरेको थियो।

आफूमाथि लागेको आरोप गलत साबित गर्न अभिनेता हमाल स्वयं हनुमानढोकमा उपस्थित भएका थिए। बालकुमारीले राजेश हमालको र आफ्नो मामाघर प नवलपरासी रजहरमा सँगै रहेको भन्दै हमालले आफूलाई श्रीमतीका रूपमा स्वीकारीसकेको दाबी गरेकी थिइन्।

बालकुमारीका भाइ ढाकाराम अधिकारीले आफ्नी दिदी मानसिक रोगको बिरामी भएको प्रमाण प्रहरीसमक्ष पेस गरेपछि उनी मानसिक रोगी भएको खुलेको थियो।

आज माघ १० गतेको शुक्रबार साप्ताहिकले ‘वान्टेड आस्था!’ शीर्षकमा प्रकाशन गरेको सामग्रीमा उल्लेख गरेअनुसार पप गायक सुगम पोखरेललाई २०६९ माघ २६ गते बेलुका प्रहरीले लागुऔषध खाइरहेको अवस्थामा पक्राउ गरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीसहित ६ जनाको समूहलाई मैतीदेवीस्थित सेतोपुलबाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरूका साथबाट पाँच पोका खैरो हेरोइन बरामद गरेको थियो।

प्रहरीका अनुसार ती पोका पोखरेलसँग नभई अन्य व्यक्तिसँग थियो। ब्युरोले सुगमलाई त्यसअघि पनि खैरो हेरोइन दुव्र्यसनकै आरोपमा पक्राउ गरेको थियो। उनीसँग सानो परिमाणमा खैरो हेरोइन बरामद भएपछि आइन्दा दुव्र्यसन नगर्ने सर्तमा उनलाई प्रहरीले परिवारको जिम्मा लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad