राजनीति


काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशमा आज सार्वजनिक बिदा

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ३:५१,

तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।

तर, प्रदेश सरकारले दिएको यो बिदा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर भने लागू हुनेछैन।

उपत्यकाका तीन जिल्लाबाहेर बागमती प्रदेशका सबै जिल्लामा आज (शुक्रबार) सार्बजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताए।

गत वर्ष संघीय सरकारले उपत्यकाबाहेक अन्य जिल्लामा मात्रै प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।

प्रदेशले बिदा दिँदा केन्द्र सरकार मातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषदले एक वर्षअघि यस्तो निर्णय गरेको हो।

उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad