वरुण धवन र श्रद्धा कपुरको नयाँ फिल्म स्ट्रिट डान्समा तपाई केही नयाँ हेर्न पाउने अपेक्षा राखेर हलमा जानुहुन्छ भने यसले एउटा सन्देशबाहेक तपाईलाई निराश पार्नेछ।
कथाको सिनदेखि लिएर गीतको लिरिक्सले तपाईंलाई पहिलो भाग 'एबीसीडी'को फेरि याद दिलाउनेछ। फिल्मको नाम र कहानीको समेत तालमेल छैन्। कहानी वरुण र श्रद्धाको वरिपरि घुम्छ। बाँकी पात्रहरुको भूमिका फिका छ। तर, गज्जबको डान्सले भने बेला बेला दर्शकलाई जुरुक्क उठाउँने बनाउँछ।
यस्तो छ कहानी
एनआरआई सहज (वरुण धवन) इन्डियाबाट धेरै पैसा बोकेर लन्डन जान्छन् र डान्स अभ्यासका लागि स्थान खरिद गर्छन्। सहजका दाई (पुनीत) डान्स प्रतिस्पर्धाको फाइनल राउण्डमा चोटग्रस्त हुन्छन् र प्रतिस्पर्धामा पराजित हुन्छन। त्यसपछि सहजको सपना दाइले हारेको प्रतिस्पर्धा जित्ने हुन्छ। तर उसको टिम कमजोर हुन्छ। सहजकी गर्लफ्रेन्ड हुन्छन्, मिया (नोरा फतेही )। जो ब्रिटेन डान्स टीम द राेयल्ससँग आबद्ध हुन्छिन।
यही बेला इनायत (श्रद्धा कपूर) आफ्नो डान्स टिमको साथ सहजको मजाक उडाउँछिन। इनायतको डान्स ग्रुप पाकिस्तानबाट आएको हुन्छ। जबकि सहजको ग्रुप इन्डियाको हो।
एकसमय एक रेस्टुराँका मालिक रामप्रसाद (प्रभुदेवा) को रेस्टुराँमा एकदिन दुवै ग्रुप क्रिकेट खेल हेरिरहेको हुन्छ। त्यही बेला सहज र इनायतको ग्रुप एकआपसमा लड्न थाल्छन्। त्यसपछि सुरु हुन्छ, डान्सको लडाइँ। र, बाँकी कथा थाहा पाउन तपाईलाई फिल्म हेर्नुपर्ने हुन्छ।
कस्तो छ फिल्म?
फिल्मको सुरुवातमा दर्शकलाई कहाँबाट फिल्म ध्यानदिएर हेर्ने भनेर उत्सुकता जाग्छ। त्यो उत्सुकता लम्बिँदै जाँदा मध्यान्तर भइसक्छ। अर्थात् फिल्मको मध्यान्तरअघिको कथाले दर्शकलाई बाँध्दैन।
दोस्रो भागमा भने फिल्मले दर्शकको केही ध्यान खिच्छ। यो फिल्म सिक्वेल नभए पनि कतिपय ठाउँमा त्यस्तै लाग्छ। ‘एबीसीडी’ र ‘एबीसीडी’का केही भागहरु दोहोर्याइएका छन्। ‘स्ट्रिट डान्सर’ फिल्मको नाम सुनेर गल्ली, रोडका डान्सरहरु केही नयाँ गर्छन् भन्ने ठान्नु गलत हुनेछ। फिल्ममा त्यस्तो केही हुन्न।
जबकि फिल्मको कथा बेलायतमा बस्ने भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशका मानिशहरुलाई उनीहरुको देश फर्काउनेमा केन्द्रित छ। जसको मद्दत स्ट्रिट डान्सरको टिमले गर्छ।
नेपाली साइनो
सुशान्त खत्री
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चर्चित कोरियोग्राफर रेमो डिशुजा निर्देशित फिल्म ‘स्ट्रिट डान्सर’ थ्रीडीमा नेपालका डान्सर सुशान्त खत्रीको पनि अभिनय रहेको छ। यद्यपि उनले सार्वजनिक भएका ट्रेलर र गीतसंगीतमा भने स्थान पाएका थिएनन्।
फिल्ममा भने सुशान्तको अभिनय रहेको नेपाली दर्शकलाई सम्बोधन गर्दै जारी गरिएको एक भिडियोमा वरुण धवन र श्रद्धा कपुरले बताएका छन्।
भिडियो सन्देशमा उनीहरुले सुशान्तको पनि अभिनय रहेको भन्दै नेपाली दर्शकलाई हलसम्म तान्ने प्रयास गरेका छन्। अभिनेता वरुणले सुशान्तको तारिफ गर्दै भनेका छन्, ‘हाम्रो फिल्ममा नेपालका निकै राम्रो डान्सर छन्, जसको नाम सुशान्त खत्री हो। उनी निकै हाइलाइट डान्सर हुन्।’
सन् २०१६ मा भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘डान्स प्लस सिजन २’ मा अन्तिम चार प्रतिस्पर्धीमा पुगेपछि सुशान्तको चर्चा चुलिएको थियो। यो उनी आबद्ध पहिलो बलिउड फिल्म पनि हो।
काठमाडौंको कपनमा बस्ने सुशान्त अधिकांश समय भारतमै बसे पनि उनी नेपाल आएको बेलामा केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया