छापा खबर


उद्योगीले सरकारलाई पनि टेरेनन् : उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी

उद्योगीले सरकारलाई पनि टेरेनन् : उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी

नेपालखबर
माघ ७, २०७६ मंगलबार २३:५४,

किसानको बक्यौता रकम तिर्न सरकारले चिनी उद्योगीहरुलाई दिएको म्याद मंगलबार सकिएको छ।

तर, किसानले अझै एक अर्ब पाएका छैनन्। त्यति मात्र होइन, अनुदान बापत सरकारबाट पाउनुपर्ने एक अर्ब ३२ करोड पनि पाएका छैनन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सर्लाहीबाट श्रवण थापा, नवलपरासीबाट रामकुमार श्रेष्ठ र काठमाडौँबाट कृष्ण रिजाल र प्रेम चन्दले लेखेका छन्।

उद्योगपतिबाट पीडित किसानले सरकारसँगको लिखित सहमतिमा समेत ठगिएको महसुस गर्दै फेरि आन्दोलन गर्ने तयारी गरेका छन्।

सर्लाहीका किसान काठमाडौँ आएर आन्दोलनमा उत्रिएपछि सरकारले गत १८ पुसमा उद्योगीबाट ७ माघभित्र बक्यौता भुक्तानी गराउने प्रतिबद्धतासहित किसानसँग पाँचबुँधे सहमति गरेको थियो।

तर, म्याद सकिँदासम्म केही उद्योगी सरकारको सम्पर्कमै आएका छैनन् भने केहीले थप समय माग गरेका छन्।

उद्योग विभागका अनुसार किसानलाई तिर्नुपर्ने एक अर्ब १६ करोडमध्ये मंगलबारसम्म उद्योगीले १६ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तान गरेका छन्।

तर, सरकारका उद्योगमन्त्री लेखराज भट्ट भने छोटो समयमै २० करोड बक्यौता भुक्तानी भएकाले यसलाई उपलब्धी नै मान्नुपर्ने दाबी गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .