ad ad

छापा खबर


दामनमा एउटै कोठामा सुतेका आठको मृत्यु घटना : कसरी हुन्छ कोठामा सामुहिक निधन?

दामनमा एउटै कोठामा सुतेका आठको मृत्यु घटना : कसरी हुन्छ कोठामा सामुहिक निधन?

नेपालखबर
माघ ८, २०७६ बुधबार ०:३३,

१५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पुगे।

राति खाना खाएर सुतेका उनीहरुमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भयो। चिसो कोठा तताउन ग्यास बालेर सुतेका उनीहरुको अक्सिनज अभावले मृत्यु भएको प्रहरीले जनाएको छ।

कोठामा सुतेका आठैजना अर्धचेत अवस्थामा फेला परेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

उनीहरुका शवका कुनै चोटपटक देखिएको छैन। पोष्ट मार्टमका लागि आठै शव फरेन्सिक विभागमा राखिएका छन्।

विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीका अनुसार कमै हुने घटना हो दामनको घटना।

गत मंसिर अन्तिम साता किर्तिपुर ८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए।

जाडोमा एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ।

पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामुहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्–१. फुड प्वाइजनिङ हुनु २. निसास्सिनु।

‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर बालेर वा मकल बालेर बस्छन्। तातो वातावरणमा निदाउँछन्। सधैँका लागि निदाउन पुग्छन्,’ वस्ती भन्छन्।

उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ।

‘दुर्घटनामा अन्य कारण छैन भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ,’ उनले भने।

‘विषाक्त ग्यासले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ। हलचल गर्न नपाउँदै ज्यान जान सक्छ,’ उनले भने, ‘सतर्कता अपनाउन पाउँदैन। सुतेको सुतै ज्यान जान सक्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .