छापा खबर


सभामुख उम्मेदवार : यसकारण अडानबाट पछि हटे ओली

सभामुख उम्मेदवार : यसकारण अडानबाट पछि हटे ओली

नेपालखबर
माघ ६, २०७६ सोमबार ३:३६,

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सभामुख उम्मेदवार चयनमा आ-आफ्नो अडानबाट टसमस नहुँदा नेकपालाई सभामुख चयन गर्न सकस बनिरहेको थियो।

दुवै अध्यक्षबीच उम्मेदवार चयनमा मतभेद भएपछि नेकपाका बहुमत सचिवालय सदस्यले सभामुख प्रस्ताव अध्यक्ष दाहाललाई गर्न दिनुपर्ने भन्दै २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा छलफल गरेका थिए।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ सहभागी भैंसेपार्टी भेलामा दाहालले गर्ने प्रस्तावमा सहमति जनाउने निर्णय नेताहरूले गरेपछि प्रधानमन्त्री ओली दबाबमा थिए।

पहिलेको भागबन्डाका आधारमा पनि आफूले सभामुख नछाड्ने दाहालको निरन्तरको अडानपछि अन्ततः प्रधानमन्त्री ओली दाहालकै प्रस्तावमा सापकोटालाई सभामुख बनाउन लचक बनेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

पछिल्ला दिनमा वरिष्ठ नेता नेपाल र दाहालबीच पनि हिमचिम बढ्दो थियो। यसको जानकारी पाएका प्रधानमन्त्री ओलीले अन्ततः पूर्वएमाले खेमाबाटै नेता नेपाल, खनाल र गौतमको साथ नपाउने देखेपछि सभामुखको अडानमा नबस्ने निष्कर्षमा पुगेर माघ २ मा लचक बन्ने संकेत देखाएका थिए।

प्रधानमन्त्री ओलीले खासगरी दाहालले प्रस्ताव गरेका नेता सापकोटाको अदालतमा रहेको विचाराधीन मुद्दाका विषयमा प्रश्न उठाउँदै अप्ठ्यारो आइलाग्न सक्ने बताइरहेका थिए।

तर दाहालले द्वन्द्वकालका मुद्दा खोज्ने हो भने सापकोटालाई मात्र नभइ आफूलाई र गृहमन्त्री रामबहादुर थापालाई समेत रहेको र यस्ता विषयमा मात्र अल्झिरहन नहुने बताएपछि ओली लचिलो भएका हुन्। दाहालले सरकार सञ्चालनमा सापकोटाले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास दिलाएपछि ओली-दाहालबीच सापकोटाको नाममा सहमति बनेको नेकपा स्रोतले बतायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad