नेकपा सचिवालयले राजीनामा गर्न निर्देशन दिएपनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आइतबार बस्ने प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने बताएकी छन्।
शनिबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको थियो। आजको कान्तिपुरमा प्रकाशित तुम्बाहाङ्फेको संक्षिप्त अन्तर्वार्ता :
नेकपाले उपसभामुखबाट तपाईंलाई राजीनामा गराउने भन्ने निर्णय गरेछ, तपाईंलाई जानकारी भयो?
थाहा छैन मलाई। यस्तो निर्णय गर्नुभएछ। ठीक छ, राम्रो हो।
अब नेकपाले सभामुख पाउने बाटो खुल्यो?
बाटो त उहिल्यैदेखि खुलेकै छ नि ! बन्द कहाँ छ त? नेकपाले निकास निकालेन । अनि बाहिर अनेकथरी चर्चा मात्रै भए।
अब तपाईंको राजीनामा आउँछ त?
आइतबारको संसद बैठक चलाइदिन्छु।
बैठक चलाएर राजीनामा दिनुहुन्छ?
त्यसपछाडि नेताहरूसँग कुरा गर्न बाँकी नै छ।
तपाईंको व्यक्तिगत कुरा गर्न बाँकी रह्यो?
मेरो कुरा त छँदैछ नि।
नेकपा सचिवालयले निर्णय गर्नुपहिले तपाईंसँग छलफल भएको थियो?
छैन छैन।
त्यसोभए सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनुहुन्छ?
बढाउँछु।

प्रतिक्रिया