छापा खबर


घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरणका लागि नयाँ व्यवस्था अनिवार्य

घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरणका लागि नयाँ व्यवस्था अनिवार्य

नेपालखबर
पुस ९, २०७६ बुधबार १:९,

नेपाल राष्ट्र बैंकले घरकर्जा तथा गाडी कर्जामा जटिलता थपिनेगरी नयाँ निर्देशन जारी गरेको छ। बैंकले मंगलबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने निर्देशन जारी गरेको हो।

केन्द्रीय बैंकले गरेको सर्कुलरअनुसार मासिक ५० हजार रुपैयाँ आम्दानी गर्नेले २५ हजार रुपैयाँसम्म किस्ता तिर्ने गरेर मात्र ऋण प्राप्त गर्न सक्नेछन् ।किस्ता रकम २५ हजारभन्दा बढी पर्ने भएमा उसले ऋण नपाउने नयाँ प्रावधान थपिएको छ। यो खबर पूर्णभक्त दुवालले आजको राजधानी दैनिकमा लेखेका छन्।

ऋण लिनका लागि पनि आयस्रोत खुल्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ। यसका साथै आयस्रोतको प्रमाण पेस गर्दा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधानले निजी घर निर्माणका लागि लिइने कर्जा प्रक्रिया जटिल हुनेछ। ऋणीले कर चुक्ता गरेको प्रमाणपत्रको आधारमा मात्र वार्षिक कुल आय गणना गर्ने प्रावधानले ऋण लिनेको संख्या घट्ने सम्भावना बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad