छापा खबर


यस्तो पो प्रेम : जान्दाजान्दै जसले गरे एड्स लागेकी युवतीसँग विवाह!

यस्तो पो प्रेम : जान्दाजान्दै जसले गरे एड्स लागेकी युवतीसँग विवाह!

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १:२७,

हेटौंडा उपमहानगरपालिका ३ (साविकको बसामाडी गाविस ५) की ४३ वर्षीया छक्की लामा र ४४ वर्षीय शुक्र लामाबीच ०५५ सालमा प्रेमविवाह भयो।

छक्कलीको रगतमा एड्सको जीवाणु भएको जानकारी हुँदाहुँदै प्रेमविवाह गरेको जोडी अहिले हाँसीखुसीसाथ जीवन बिताइरहेको छ।

उनीहरूको आत्मविश्वास देखेर यहाँका एड्स संक्रमितहरूमा साहस र उत्साह बढेको छ।

सन्तान नजन्माउने, बाँचुन्जेल साथै रहने वाचा गरेको यो जोडी एड्स संक्रमितका लागि प्रेरणाको स्रोत बनेको खबर आजको कान्तिपुरमा छापिएको छ। विवाहको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि शुक्र सुरक्षित छन्।

एड्स संक्रमित युवतीसँग विवाह नगर्न गाउँलेले शुक्रलाई दबाब नदिएका होइनन् तर अहिले उनीहरूको जीवनशैली देखेर स्थानीय चकित मात्र भएका छैनन्, दम्पती भन्या यस्तो हुनुपर्छ भनेर घरघरमा उदाहरण दिने गरेका छन्।

‘रोगको विषयमा अहिलेसम्म ठाकठुक परेको छैन, भोलि पनि पर्दैन,’ शुक्रले भने, ‘जानीजानी विवाह गरेको हो।’ छक्कली थप्छिन्, ‘अहिलेसम्म उहाँले मलाई गाली गर्नुभएको छैन।’

मुम्बईको वेश्यालयमा रक्त परीक्षण गर्दा एचचाईभी÷एड्सको जीवाणु फेला परेपछि छक्कलीलाई ०५४ सालमा घर फर्काइएको थियो। आफ्नो रगतमा एचआईभी/एड्सको जीवाणु भएकाले विवाह नगर्न उनले आग्रह गरिन् तर शुक्रले मानेनन्। त्यसपछि विवाह भयो।

उनी ६ वर्ष मुम्बईको वेश्यालयमा नारकीय जीवन काटेर फर्केकी थिइन्। घर फर्किंदा उनी २१ वर्षकी मात्र थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad