विशेषज्ञका अनुसार मुलुकमा हाड मक्किने समस्या ‘अस्टियोपोरोसिस’ बढ्दो छ।
यस रोग बुढापाका र अझ खासगरी मलिाहरुमा समस्याकै रुपमा देखा परेको खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।
बदलिँदै समयमा हाम्रो खानपान, जीवनशैली, शारीरिक निस्क्रियता, घाममा बस्ने समयमा आइरहेको परिवर्तनको परिणाम नै विभिन्न शारीरिकसँगै हाडको स्वास्थ्यमा समेत परिरहेको छ।
महिलाहरुमा रजनोवृत्तिपछि हाड मक्किने समस्या देखिने भए पनि यो समस्याले पुरुषसमेत ग्रस्त छन्।
‘हाड मक्किने समस्या महिलामा बढी देखिए पनि पुरुषलाई समेत छ। बाजेहरु ढाड कुप्रो भएर जँचाउन आउने गरेका छन्,’ हाडरोग विशेषज्ञ डा.शैजल रञ्जितकार भन्छन्, ‘बुढापाकाका नितम्ब (हिप) लगायतका हाड भाँच्चिनुको मुख्य कारण हाड खिइने समस्या नै हुने गरेको छ।’
हाड जीवित तन्तु हो। हाम्रो सम्पूर्ण जीवन अवधिमा पुरानो हाडको ठाउँमा नयाँ हाड आइरहेको हुन्छ। युवावस्थामा हाड बलियो भए पनि करिब ३५ वर्षपछि हाड जति कमजोर हुन्छ, त्यति नयाँ हाड बन्दैन।
विश्व स्थास्थ्य संगठनकाअनुसार विश्मा मुटुरोगपछि हाड खिइने समस्या दोस्रो स्थानमा छ।
हाम्रो शरीरका लागि हाड खनिजको एउटा आवश्यक भण्डार हो।
हाम्रो शरीरमा २ सय ६ वटा हाड हुन्छन्। हाम्रो हाडमा भएको खनिजको मात्रा यसको कडापनको लागि धेरै हदसम्म जिम्मेबार हुन्छ।
किन मक्किन्छ हाड?
शरीरमा न्युन बडी मास इन्डेक्स (बीएमआई) हुनु
लामो समयसम्म उच्च मात्रामा ‘कोर्टिकोस्टेरायड’ उपयोग गर्नु
बढी मात्रामा मदिरा सेवन वा धुमपान गर्नु
अस्टियोपोरोसिसको पारिवारिक इतिहास
सुन्निनु, हर्मोनसँग सम्बन्धित परिस्थिति
चर्को घामबाट छालालाई कालो हुनबाट जोगाउन भन्दै महिला र पुरुषले दिनहुँ सनस्क्रिन लोसन लगाउने गर्छन्। तर यसले पनि हाम्रो हाडको स्वास्थ्य नराम्ररी प्रभावित भइरहेको हुन्छ।
एक स्वस्थ व्यक्तिलाई दिनहुँ करिब दुई हजार युनिट भिटामिन ‘डी’ आवश्यक हुन्छ।
यो मात्रा दिनहुँ केही समय घाममा बस्नाले र दुग्ध उत्पादन, फलफूल, सागसब्जी खाँदा पूरा हुन्छ।

प्रतिक्रिया