समाज


राष्ट्रपतिले दिइन् तिहारको शुभकामना

राष्ट्रपतिले दिइन् तिहारको शुभकामना

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ३:१०,

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

तिहार पर्वका अवसरमा भण्डारीले शनिबार दिएको शुभकामना सन्देशमा यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको रुपमा पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको उल्लेख गरेकी छन्।

वक्तव्यमा तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख छ।

तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपतिले तिहार पर्वको शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad