समाज


तिहारमा मौसम कस्तो रहला? यस्तो छ ३ दिनसम्मको अनुमान

तिहारमा मौसम कस्तो रहला? यस्तो छ ३ दिनसम्मको अनुमान

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार २:५०,

अहिले (शनिबार बिहान) देशका पूर्वी तथा मध्य क्षेत्रमा सामान्य बदली छ भने पश्चिममा सामान्यतया मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार आज पूर्वी भेगका एक/दुई स्थानमा छिटफुट वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना नरहेको उनले बताइन्।

यस्तै आज राति पूर्वी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसम अनुमानअन्तर्गत आगामी बाँकी दुई दिनको मौसम यस्तो रहनेछ :
कार्तिक १०गते आइतबार
दिउँसो : देशको मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभका पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र मध्य र पश्चिममा आंशिक बदली रहनेछ। पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ११ गते सोमबार
दिउँसो : देशभका पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र मध्य र पश्चिममा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभका पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र मध्य र पश्चिममा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad