छापा खबर


१२ वर्षीया बालिकाको पेटमा ५ महिनाको गर्भ, धेरैबाट बलात्कृत भएको आशंका

१२ वर्षीया बालिकाको पेटमा ५ महिनाको गर्भ, धेरैबाट बलात्कृत भएको आशंका

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ०:५१,

छाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वास्थ्यकर्मी स्तब्ध छन्।

रामारोशनकी ती बालिकालाई कुकुरले टोकेपछि उपचारका लागि अस्पताल लैजाँदा पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको खबर आजको कान्तिपुर दैनिकमा अछामबाट मेनुका ढुंगानाले लेखेकी छन्।

‘कुकुरले टोकेपछि सुई लगाउन अस्पताल ल्याएको थिएँ,’ बालिकाका बुवाले भने, ‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुस् भनेँ। डाक्रटले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेजस्तो भएँ।’

मिसन अस्पतालले प्रहरीको स्थानीय युनिटसँग परामर्श गरेपछि उनलाई मंगलसैनस्थित जिल्ला अस्पताल रिफर गरेको छ।

बालिकामाथि बलात्कार भएर गर्भ बसेको आशंका प्रहरीले गरेको छ।

‘नाबालक, त्यसमाथि सुस्तमनस्थितिकी । यो गम्भीर घटना हो,’ अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले भने, ‘बालिकाले सुरुमा नाम पोलेका एक बालकलाई नियन्त्रणमा लिएका छौँ। उनले अरु चार पाँचजना केटाहरुको नाम लिइरहेकी छन्। उनीहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ।’

बालिका गएको बैशाखमा पहिलोपटक महिनावारी भएकी थिइन्। त्यसयता महिनावारी रोकिए पनि प्रहरीले ध्यान नदिएको खुलेको छ।

अनुसन्धान सुरु भएकाले बालिकाको गर्भका विषयमा अस्पतालले निर्णय लिन नसकेको डा.मनोज विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad