कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच विवाद नरहेको बताएका छन्।
प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गरेर चलाउने भन्ने विषयमा एकतादेखि अहिलेसम्म छलफल नभएको दाबी उनले गरेका हुन्।
‘दुई ठूला पार्टीबीच एकता भएर नेकपा बनेका कारण काम गर्ने क्रममा सामान्य असन्तुष्टि रहन सक्छ,’ उनले विमानस्थलमा भने, ‘तर एकताका क्रममा एक जनाले पार्टीको नेतृत्व गर्दा अर्काेले प्रधानमन्त्री चलाउने भन्ने सहमति भएको छैन। पार्टीमा पनि औपचारिक छलफल चलेको छैन।’ यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
पार्टीले आवश्यकताअनुसार जिम्मेवारी हेरफेर भने गर्न सक्ने उनले बताए।

प्रतिक्रिया