छापा खबर


आलमलाई जोगाउने को-को? प्रहरीले थाल्यो अनुसन्धान

आलमलाई जोगाउने को-को? प्रहरीले थाल्यो अनुसन्धान

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ०:५०,

मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिविरुद्ध प्रहरीले निगरानी सुरु गरेको छ।

पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख पद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरीले मुख्यालयले निर्देशन दिएको छ।

राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन्। रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको उनको भनाइ छ।

‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन्। पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ,’ उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

प्रहरीले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृतविरुद्ध आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिएको छ।

‘यो वा त्यो नभनी तत्कालीन समयमा रौतहटमा बसेका प्रहरी अधिकृतलाई किन अनुसन्धान नगरेको भनेर सोधपुछ गर्न भनिएको छ’, मुख्यालयका एक उच्च अधिकारी भन्छन्, ‘सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गरेरै लैजान निर्देशन भएको छ।’ उनका अनुसार कसको दबाबमा तत्कालीन अपराध लुकाउने प्रयास गरियो भनेर सोधपुछ केन्द्रित हुनेछ।

घटना हुँदा रौतहटमा प्रहरी प्रमुख थिए, लक्ष्मण न्यौपाने। उनी टीकापुर घटनामा मारिए। उनीपछि जयबहादुर चन्द, घनानन्द भट्ट, पीताम्बर अधिकारी, घनश्याम अर्याल, ठूले राई, मोहनविक्रम शाह, गोविन्द परियार, सानुबाबु थपलिया, प्रद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, केदार ढकालले रौतहटमा प्रहरीको नेतृत्व गरेका थिए।

सर्वोच्चको आदेशपछि तत्कालीन एसपीहरू अर्याल, राई, शाह, परियार, थपलिया, कार्की, रेग्मी, पोखरेल, केसी र ढकाले रौतहट प्रहरी प्रमुखको नेतृत्व सम्हालेका थिए। यीमध्ये कार्की २ नम्बर प्रदेश प्रहरी प्रमुख छन्। आलम पक्राउमा उनकै प्रत्यक्ष समन्वय र निर्देशन छ।

‘घटना हुँदाका समयमा तत्कालीन नेतृत्वले किन ध्यान दिएन? ’, स्रोत भन्छ, ‘दबाब कसको थियो ? त्यो अनुसन्धान हुन्छ। सर्वोच्चको आदेशपछि पनि किन घटना अनुसन्धानमा ताकेता दिइएन? त्यसको पनि अनुसन्धान हुन्छ।’

पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजापुर फरहदवा गउाँम बम विस्फोट भएको थियो। त्यसमा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलमलाई लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad