भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ।
भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निमग र इन्डियन आयल कर्पाेरेसन (आईओसी) बीच सहमति भएको छ।
मोतीहारी–अमलेखन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ। यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।
करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिने छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आईओसीसँग भएको हो।

प्रतिक्रिया