छापा खबर


सरकारले सिफारिस गरेकाे धानमा बाला झुलेन

सरकारले सिफारिस गरेकाे धानमा बाला झुलेन

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १:३६,

नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन।

कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए।

धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका खबर आजको नागरिक दैनिकमा कैलालीबाट पुष्पराज जोशीले लेखेका छन्।

कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले फसल नदिएको हो।

कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो। गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन्।

गरिमा धान खेती गरेका कैलाली–कञ्चनपुरका एक हजार एक सय ८९ किसान पीडित बनेको जानकारी दिँदै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले भने, ‘गरि जातको धान खेतीका कारण यस वर्ष कैलाली–कञ्चनपुरका किसानले धोका पाए।’

गरिमा धानले धोका दिँदा कैलाली–कञ्चनपुरमा यस वर्ष १४ सय मेट्रिक टन धान उत्पादन कम हुने उनले बताए।

सुदूरपश्चिम प्रदेशलाई वार्षिक पाँच लाख ४३ हजार ४२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। जसमध्ये सात लाख पाँच हजार ७ सय ६७ मेट्रिक टन अहिलेको उत्पादन छ। खाद्यान्नमा धान, गहुँ, जौं, कोदो र फाफर जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad